झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी खुल्यो

काठमाडौं— धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाइएको छ।
उद्धारकर्ताले पहिरो पन्छाएसँगै सो स्थानको अवरुद्ध सडक दुईतर्फ रूपमा सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
पहिरो पन्छाइएसँगै साढे ७ बजेदेखि सडक खुला भएको उनको भनाइ छ। पहिरो गएपछि शनिबारदेखि त्रिभुवन राजपथ अन्तरगतको उक्त सडक अवरुद्ध थियो।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ २०:०१