News Griha :: न्यूजगृह
बाढीपहिरोमा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता
बाढीपहिरोमा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता पचास वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौं उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएका बताए। उद्धारमा नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उनले जानकारी दिए। 
बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने
बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने सम्भावना छ।असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले जमिन कमजोर भएकाले अहिलेको मध्यम खालको वर्षाले फेरि पहिरो झर्ने सम्भावना भने रहन्छ। त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
राजमार्गमा दृष्य एक, पीडा अनेक
राजमार्गमा दृष्य एक, पीडा अनेक सडकको अवस्था दयनीय छ। जहाजको टिकट महँगो छ। दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै सवारी चाप बढ्नै बाँकी छ। चाडपर्वको मुखमा हरेक वर्ष ठूलाठूला दुर्घटना भएका उदाहरण प्रशस्तै छन्। सडक दुर्घटनाबाट हुने क्षति कम गर्न सबैक्षेत्र र निकायको समन्वय अनिवार्य देखिन्छ।
बाढीपहिरो र डुबानबाट २१७ को मृत्यु
बाढीपहिरो र डुबानबाट २१७ को मृत्यु प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए। 
इमेज सहकारी ठगीः मेयर नेपालीको बयान– सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्छु
इमेज सहकारी ठगीः मेयर नेपालीको बयान– सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्छु मेयर नेपालीले पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए। यी दुई जिल्लामा सञ्चालित उक्त सहकारीबाट सर्वसाधारण बचतकर्ताको २ अर्ब बढी अपचलन भएको आरोप छ। मेयर नेपालीले बयानमा सहकारीको बचतकर्ताको रकम निजी सम्पत्ति बेचेर फिर्ता गर्ने बताएका छन्।
बाढीपहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या दुई सय पुग्यो, २६ जना बेपत्ता
बाढीपहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या दुई सय पुग्यो, २६ जना बेपत्ता नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या दुई सय पुगेको हो। त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता छन्।
बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारीमा सर्वोच्च प्रशासन
बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारीमा सर्वोच्च प्रशासन सर्वोच्च अदालत प्रशासनले नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्षले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्ने निष्कर्षसहित अवहेलना मुद्दा दर्ताको तयारी भइरहेको छ।
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बर्दघाट नगरपालिका– ४ दाउन्ने जङ्गलस्थित खुर्सानीखोलामा सडक भासिएपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहोराले जानकारी दिए।
दुर्गा प्रसाईँविरुद्ध अदालतमा मुद्दा दर्ता
दुर्गा प्रसाईँविरुद्ध अदालतमा मुद्दा दर्ता दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ।साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा दायर भएको हो।
अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान
अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) को जारी सम्मेलनमा कुर्सी हानाहान परेको छ।आज (सोमबार) सम्मेलन स्थलमै प्रतिनिधिहरूले कुर्सीले हानाहान गरेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ।क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन गत बिहिबारदेखि सुरु भएको थियो।
काठमाडौंबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना
काठमाडौंबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना काठमाडौंबाट पोखरा जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटनामा परेको छ। सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका-७ चापाबोटस्थित सडकबाट अन्दाजी ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तिलक भारतीले जानकारी दिए।
वायुसेवा निगम केन्द्रीय कार्यालयमा एअरहोस्टेसको धर्ना
वायुसेवा निगम केन्द्रीय कार्यालयमा एअरहोस्टेसको धर्ना आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) का एअरहोस्टेस (बिमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन्।निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरुले निगम केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन्। 
Weather Update