काठमाडौंबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना

काठमाडौं— काठमाडौंबाट पोखरा जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटनामा परेको छ। सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका-७ चापाबोटस्थित सडकबाट अन्दाजी ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तिलक भारतीले जानकारी दिए।
ग १ ख ४५३५ नम्बरको गाडी खसेर रूखमा अडकिएको हो। दुर्घटनामा घाइते भएका १२ जनालाई काठमाडौंको ग्रिनसिटी अस्पतालमा ल्याइएको छ।
यो सडकखण्ड काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै गल्छी पुगेर पृथ्वी राजमार्गमा जोडिन्छ। झ्याप्ले खोला पहिरोका कारण नौबिसे-काठमाडौं सडक जाम हुँदा सवारीसाधनहरू वैकल्पिक बाटो (काठमाडौं-नुवाकोट-धादिङ) भएर जाने गरेका छन्।
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१ १४:२२