अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान

काठमाडौं— नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) को जारी सम्मेलनमा कुर्सी हानाहान परेको छ।
आज (सोमबार) सम्मेलन स्थलमै प्रतिनिधिहरूले कुर्सीले हानाहान गरेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ।
क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन गत बिहिबारदेखि सुरु भएको थियो।
त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा जारी सम्मेलन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए।
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१ १६:०७