News Griha :: न्यूजगृह
झ्याप्ले खोला पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत [नामावलीसहित]
झ्याप्ले खोला पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत [नामावलीसहित] असोज १२ गते धादिङको धुनीबेँसी नगरपालिका ९ झ्याप्ले खोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए। त्यसमा परी ४ बालबालिका ३५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
यसवर्ष च्याङ्ग्राको मूल्य घट्यो
यसवर्ष च्याङ्ग्राको मूल्य घट्यो दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङ्ग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङ्ग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङ्ग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरूले नै बिक्री मूल्य घटाएका हुन् । 
बाढीपहिरो र डुबानमा परेका १७ हजारभन्दा बढी नागरिकको उद्धार गरियो: गृह मन्त्रालय
बाढीपहिरो र डुबानमा परेका १७ हजारभन्दा बढी नागरिकको उद्धार गरियो: गृह मन्त्रालय गृह मन्त्रालयले बाढीपहिरो र डुबानलगायतमा परेका १७ हजार जनाभन्दा बढी नागरिकलाई उद्धार गरिएको बताएको छ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्वयमसेवकहरूबाट बिहीबार बिहानसम्म १७ हजार एक सय २० जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए।
आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरण रिट भने नरोकिने
आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरण रिट भने नरोकिने सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ।
बीपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा सवारीको चाप
बीपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा सवारीको चाप सशस्त्र प्रहरी र सेनालाई जोखिम देखिएको राजमार्ग क्षेत्रमा परिचालन गरेर राजमार्गको व्यवस्थापन मिलाउनुपर्ने उनीहरूको सुझाव छ। चालकको लापरबाहीले गर्दा पनि सवारी जाम र दुर्घटना बढिरहेकाले राजमार्गको हरेक एक किलोमिटरमा कम्तीमा एक जना प्रहरी खटाएर चालकलाई कटाइका साथ ट्राफिक नियम पालना गराउनुपर्ने नागरिक अगुवा नरेश खतिवडा सामाजिक सञ्जालमामार्फत सुझाव दिएका छन्।
अवरुद्ध राजमार्ग खुलाउन सेनासहितको टोली खटियो
अवरुद्ध राजमार्ग खुलाउन सेनासहितको टोली खटियो बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग दसैंअघि नै खुलाउन सरकारले नेपाली सेनासमेत संलग्न गराएर अध्ययन थालेको छ।स्रोतका अनुसार बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले अध्ययन थालेको हो। 
बडादसैँ सुरु, आज घटस्थापना 
बडादसैँ सुरु, आज घटस्थापना  नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक  घटस्थापना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्च माटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ।
विपद् अपडेट : २४२ को मृत्यु, २२ बेपत्ता
विपद् अपडेट : २४२ को मृत्यु, २२ बेपत्ता हालसम्म विपद्बाट कोशी प्रदेशमा २३, मधेसमा ८, उपत्यकामा १०१, बागमतीमा १०८ र लुम्बिनीमा २ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
बाढीपहिरो र डुबानमा मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो
बाढीपहिरो र डुबानमा मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १६५ जना घाइते रहेका छन्। अहिलेसम्म बाढी, पहिरोमा १७ हजार ३१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।
गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना, चालकले मापसे गरेको आशङ्का
गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना, चालकले मापसे गरेको आशङ्का जिल्ला अस्पताल बैतडीबाट गर्भवती बोकेर डडेल्धुरा जाँदै गरेको सुप्र०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो २ बजेतिर खोडपे नजिकै दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। दुर्घटनामा परेको एम्बुलेन्स जिल्ला अस्पतालको हो।
ईडीभी आजबाट खुला हुँदै, राति ९:४५ बजेबाट आवेदन दिन सकिने
ईडीभी आजबाट खुला हुँदै, राति ९:४५ बजेबाट आवेदन दिन सकिने आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्नेछन्। डीभीको म्याद आगामी कात्तिक २० गते राति १०:४५ बजेसम्म रहने दूतावासले जनाएको छ। डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ। 
युरोप पठाउने भन्दै ४ महिनादेखि काठमाडौंमा बन्धक ६ बंगलादेशीको उद्धार
युरोप पठाउने भन्दै ४ महिनादेखि काठमाडौंमा बन्धक ६ बंगलादेशीको उद्धार दलालले चार महिना पहिले काठमाडौं ल्याएर बन्धक बनाएका ६ जना बंगलादेशी नागरिकको उद्धार गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ।
Weather Update