दसैँमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडानबुधबार, असोज १६, २०८१

छविलाल जोशीलाई हिरासतमुक्त गर्न प्रहरीलाई अदालतको ध्यानाकर्षण बुधबार, असोज १६, २०८१ जिल्ला अदालत कास्कीले उनलाई असोज १७ सम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। छविलाल जोशीको परिवारका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले उनलाई गैरकानुनी हिरासतमा राखेको भन्न भने नमिल्ने ठहर गरेको छ।

प्रधानन्यायाधीशमा प्रकाशमान सिंहको नाम सर्वसम्मतिले अनुमोदन बुधबार, असोज १६, २०८१ प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सदस्य ईश्वरी घर्तीले जानकारी दिइन्।

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा बुधबार, असोज १६, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरू बरामद गरेको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल बुधबार, असोज १६, २०८१ गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यादेशसहित प्रभावित जिल्लामा आठ जना सहसचिव बुधबार खटिएको जानकारी दिए। बाढीपहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो।

‘हनीट्र्याप’मा पारेर कीर्तिपुरका विनोद खड्गीको हत्या, ५ जना पक्राउ बुधबार, असोज १६, २०८१ काठमाडौंको कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेको छ। प्रहरीका अनुसार यो समूहले विनोदलाई ‘हनीट्र्याप’मा पारेका थिए। त्यस क्रममा अपहरण गरेर ५ लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ।

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी सुरु, आलोपालो गरी सवारी चलाइँदै बुधबार, असोज १६, २०८१ सवारी साधन चापकै कारण जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ। निरन्तरको वर्षासँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो। झ्याप्लेखोलामामा गोरखाबाट आएको एउटा बस, बुटवल र चितवनबाट आएका दुई वटा माइक्रोबस पुरिँदा ३५ जनाको मृत्यु भएको थियो।

कौडा खेलिरहेको अवस्थामा काठमाडौंबाट २९ जना जुवाडे पक्राउ बुधबार, असोज १६, २०८१ काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका ६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोमबहादुर तामाङसमेत १३ जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो।

बागमती करिडोरमा हिलो र धुलो बुधबार, असोज १६, २०८१ अहिले बागमती करिडोर छेउछाउका बासिन्दा, बाढीले क्षति गरेको सामान व्यवस्थापनमा जुटेका छन्। बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन स्थानीय लागेका छन्। सरकारको जिम्मेवार निकायसँग लेदो सफा गर्न पानी व्यवस्था गरिदिन स्थानीयको माग छ।

आँगनका मिठाई खान अयोग्य, उत्पादकलाई विभागले तिरायो २ लाख जरिवाना बुधबार, असोज १६, २०८१ आँगन स्वीट्सका मिठाई उत्पादन हुने कम्पनी आकाश फुड्समा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ।सो क्रममा बाढीले भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि विभागले २ लाख रुपैयाँ जरिवाना तिराएको छ।

प्राधिकरणले भन्यो— भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउनू बुधबार, असोज १६, २०८१ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८ गतेसम्म बागमती र कोशीमा भारी वर्षाको सम्भावना देखिएको यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ।बुधबार सूचना जारी गर्दै प्राधिकरणले असोज १० गतेदेखि १२ गतेसम्म परेको पानीले जमिन गलेकाले पहिराको जोखिम पनि औंल्याएको छ।

सडक पूर्ण रूपमा सञ्चालन नभएसम्म हवाई टिकट सस्तोमा बेच्न वायुसेवा कम्पनी सहमत मंगलबार, असोज १५, २०८१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका छन्।

नागढुङ्गा सडक २ घण्टाका लागि पूर्णरुपमा बन्द मंगलबार, असोज १५, २०८१ लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन प्रहरीले अनुरोध गरेको छ।झ्याप्ले खोलाको पहिरोले बन्द भएको सडक सोमबारदेखि आंशिकरुपमा सञ्चालनमा आएको थियो। त्यहाँ पहिरोले ठूलो मानवीय क्षति पनि भएको थियो।