
काठमाडौं— काठमाडौंका दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका ६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोमबहादुर तामाङसमेत १३ जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई ५ लाख ६ हजार रुपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटी लाइफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका २ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई ६ लाख ४२ हजार ५ सय रुपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो।













