News Griha :: न्यूजगृह
छविलाल जोशीलाई हिरासतमुक्त गर्न प्रहरीलाई अदालतको ध्यानाकर्षण

काठमाडौं— सर्वोच्च अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका छविलाल जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानुनी व्यवस्था रहेको भन्दै प्रहरीको ध्यानाकर्षण गराएको छ।

बुधबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुसलमानको इजलासले दसैँ बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको हो।

जिल्ला अदालत कास्कीले उनलाई असोज १७ सम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। छविलाल जोशीको परिवारका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले उनलाई गैरकानुनी हिरासतमा राखेको भन्न भने नमिल्ने ठहर गरेको छ।

यद्यपि दसैँ बिदा सुरु भएकाले अब धरौटी वा तारेखमा छाड्दा पनि हुने भन्दै प्रहरीको ध्यानाकर्षण गराएको हो।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १८:२६
Weather Update