News Griha :: न्यूजगृह
सडक पूर्ण रूपमा सञ्चालन नभएसम्म हवाई टिकट सस्तोमा बेच्न वायुसेवा कम्पनी सहमत

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका छन्।

मन्त्री पाण्डेको निर्देशनअनुसार वायुसेवा सञ्चालक समितिले असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिलाई कडाइका साथ कार्यान्वयन गर्ने र सडक सञ्जाल सञ्चालनमा नआएसम्म महँगो भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन्।

यसअघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरूले अहिले सडक यातायात पूर्ण रूपमा सञ्चालन नभएसम्म कम भाडादरमै टिकट बिक्री गर्ने भएका हुन्।

वायु सेवा सञ्चालक समितिले प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरो पश्चात सडक सञ्जाल समेत सञ्चालनमा नआउँदासम्म सरकारले तोके बमोजिम लिँदै आएको उच्चतम् भाडादरमा हवाइ टिकट नबेच्न निर्देशन दिएको छ।

यसअघि गत असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायुसेवा कम्पनीहरू हवाई भाडा घटाउन सहमत भएका थिए। अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिकांश सडक सञ्जाल र राजमार्गहरू अवरोध भएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:४९
Weather Update