News Griha :: न्यूजगृह
वायुसेवा सञ्चालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री!
वायुसेवा सञ्चालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री! वायुसेवा सञ्चालक संघले अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्काएको छ। आइतबार संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अधिकतम मूल्य (अपर लिमिट) को भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो।
छविलाल जोशीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन
छविलाल जोशीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन अधिवक्ता रोचक जोशीले आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन्। सो निवेदनमाथि आज सुनुवाइ हुँदैछ। सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ।
धादिङ प्रहरी प्रमुख पनि हेडक्वार्टर तानिए
धादिङ प्रहरी प्रमुख पनि हेडक्वार्टर तानिए प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वार्टर तानेको छ। केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएर पठाइएको छ।बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वार्टरले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको हो।
बुधबारदेखि वर्षाको सम्भावना, कहाँकहाँ पर्ने छ प्रभाव? 
बुधबारदेखि वर्षाको सम्भावना, कहाँकहाँ पर्ने छ प्रभाव?  आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेससहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
भत्किन थाले नदीले डुबाएका कच्ची घरहरू
भत्किन थाले नदीले डुबाएका कच्ची घरहरू सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन्। शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्वाका उमेश यादवको कच्ची घर भत्कियो।खपडाको छाना भएको यादवको कच्ची घर लडेको प्रहरीले जनाएको छ । चार फिटसम्म पानी जमेपछि माटो गलेर घर भत्किएको स्थानीयको भनाइ छ।
रूख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध
रूख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध लहान नगरपालिका–२ मिलनचोका तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। लहान–२ मिलनचोकको भवरा नहरको किनारमा रहेको वरको रूख ढल्दा विद्युत्को तारमा क्षति पुगेको थियो। यसबाट करिब २० घरपरिवारमा प्रभावित भएका छन्।
कालीमाटीमा सबैभन्दा महँगो तरकारी प्याज, अरुको मूल्य कति?
कालीमाटीमा सबैभन्दा महँगो तरकारी प्याज, अरुको मूल्य कति? देशका विभिन्न शहर र राजमार्गमा गएको बाढीपहिरोका कारण कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी महँगिएको छ। राजमार्ग अवरुद्ध हुँदा आपूर्तिमा परेको असर तथा केही मौज्दात तरकारी बाढीका कारण क्षति भएपछि महँगिएको छ।
आयल निगम भन्छ- तत्काल पेट्रोलियम पदार्थ अभाव हुँदैन
आयल निगम भन्छ- तत्काल पेट्रोलियम पदार्थ अभाव हुँदैन निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले काठमाडौं उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेको जानकारी दिए। उनका अनुसार हाल पाँच हजार ३०० किलोलिटर पेट्रोल, छ हजार ३०० किलोलिटर डिजेल र चार हजार किलोलिटर हवाई इन्धन मौज्दात छ। 
धादिङ र काभ्रेका सीडीओलाई जिम्मेवारीबाट हटाइयो
धादिङ र काभ्रेका सीडीओलाई जिम्मेवारीबाट हटाइयो गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ। धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु, ३० जना बेपत्ता
बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु, ३० जना बेपत्ता अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्।प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
आज पहाडी भूभागमा बदली र वर्षाको सम्भावना
आज पहाडी भूभागमा बदली र वर्षाको सम्भावना देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
कुन देशका कुन शहरमा कति बजे दसैँ टीकाको उत्तम साइत ?
कुन देशका कुन शहरमा कति बजे दसैँ टीकाको उत्तम साइत ? अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ।विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए।
Weather Update