News Griha :: न्यूजगृह
आज पहाडी भूभागमा बदली र वर्षाको सम्भावना

काठमाडौं— देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। 

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एकदुई स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०७:००
Weather Update