दुर्गा प्रसाईँविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं— दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ।
साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा दायर भएको हो।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठका अनुसार, सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको हो।
सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको छ। उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरेको छ।
गत असोज ६ गते भक्तपुरबाट पक्राउ परेका प्रसाईँ हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा छन्।
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१ १८:१७