News Griha :: न्यूजगृह
सप्तकोशीमा पानीको बहाव अझै घटेन

सप्तरी— निरन्तरको वर्षा रोकिए पनि सप्तकोशी ब्यारेजमा पानीको बहाव अझै उच्च नै छ ।

आइतबार बिहान ६ बजेको मापनअनुसार कोशी ब्यारेज भएर ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पानीको बहाव भइरहेको सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलले बताए ।

ब्यारेजका सबै ५६ वटै ढोका खुला नै छन् । आइतबार बिहान सप्तरीका विभिन्न क्षेत्रमा घाम लागेको छ ।

यसैबीच कोशीको पश्चिमी तटबन्धमा लागेको कटान नियन्त्रणमा आएको छ । पश्चिमी तटबन्धअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ कंकालिनी मन्दिरदेखि एक किलोमिटर उत्तरतर्फ सिपेज भई आइतबार रातिदेखि कटान सुरु गरेको थियो ।

भारतीय कोशी योजनाका प्राविधिकहरूले आइतबार मध्यराति नै बालुवा भरिएको बोरा हालेर सो कटान नियन्त्रणमा लिएका हुन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०७:३५
Weather Update