News Griha :: न्यूजगृह
हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं—  सरकारले हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । 

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षा भइरहेकाले अहिले चलिरहेका परीक्षाहरू केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

‘भारी वर्षाका कारण अहिले भइरहेको परीक्षा थोरै समयका लागि भएपनि  स्थगित गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने ।

बैठकले मृतकको परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने, अवरुद्ध सडक खुलाउने , राहत र उद्दारका सम्पूर्ण ध्यान केन्द्रीत गर्ने, घाइतेको निशुल्क उपचार गर्ने र अलपत्र यात्रुको तत्काल उद्दार गर्ने लगायतका निर्णय गरेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १८:४३
Weather Update