News Griha :: न्यूजगृह
खसी र गहना बजारदेखि टिकट काउन्टरसम्म काठमाडौं प्रहरीले गस्ती गर्ने
शिघ्र प्रतिकार्य अर्थात् क्यूआरटी टोली ।

काठमाडौं— जिल्ला प्रहरी परिसर काठमाडौंले दसैँ, तिहार र छठलगायत चाडपर्वका बेला खसी बजार, गहना पसल र टिकट काउन्टरहरूमा गस्ती गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजनाबारे जानकारी गराएको हो।

प्रहरीले बैंकका एटीएम रहेका स्थान, धार्मिक स्थल, शक्तिपीठ र पूजास्थलमा पनि गस्ती गर्नेछ। प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताए।

प्रहरीले व्यक्ति तथा सम्पत्तिको सुरक्षा गर्ने उनको भनाइ छ। सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गर्ने उनले बताए।

टिकट काउन्टरहरूले महँगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुन सक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गर्ने पनि उनले बताए।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १४:१२
Weather Update