News Griha :: न्यूजगृह
काठमाडौंका नदी किनाराका घरमा बाढी पस्यो

काठमाडौं— काठमाडौंका नदी किनारा आसपासका घरमा बाढी पसेको छ।

शुक्रबार दिनभरि परेको पानीले बागमती नदीछेउका बस्तीहरूमा भेल पसेको हो। बागमती नदी किनाराका बल्खुलगायत क्षेत्रका घरमा बाढी पसेको छ। यहाँको तरकारी बजार पनि डुबानमा परेको छ।

देशको पूर्वी, मध्य भूभागसँगै काठमाडौं उपत्यकामा पनि भारी वर्षा भइरहेको छ। 

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर उपत्यकाभित्रका नदीहरूमा जलसतहले खतराको तह पार गरेको बताएको छ।

प्रशासकीय अधिकृत सन्देश अधिकारीले शुक्रबार अपरान्ह निकालेको सूचनामा नदीहरूको बहाव अझै बढ्ने सम्भावना रहेको उल्लेख छ। 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १८:२६
Weather Update