भोलि र पर्सि रात्रिबस नचलाउन आग्रह

काठमाडौं— राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ।
त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा भोलि र पर्सि (असोज ११ र १२ गते) रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोष्टले गरेको छ।
साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेस क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ।
हेर्नुहोस् सूचना
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१ १७:४६