सप्तकोशी नदीमा खसेको बसमा सवार सबै यात्रुको सकुशल उद्धार [अपडेट]
![सप्तकोशी नदीमा खसेको बसमा सवार सबै यात्रुको सकुशल उद्धार [अपडेट]](https://newsgriha.com/uploads/posts/image-1727359258.jpg)
विराटनगर— विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ।
सुनसरी प्रहरीका अनुसार बिहीबार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बीचबाट खसेको थियो।
सुनसरीका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार सबै १७ जना यात्रुको सकुशल उद्धार गरिएको छ। उनीहरूलाई उपचारको लागि अस्पताल पठाएको छ।
तीव्र गतिका कारण बस नदीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नदीमा खसेको बस निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। –अपडेट गरिएको
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१ १८:५०