चितवनमा माइक्रो बस ट्याङ्करसँग ठोकियो

चितवन— चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा माइक्रो बस र दूध बोक्ने ट्याङ्कर ठोक्किएका छन्।
गएराति मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर आपसमा ठोक्किँदा माइक्रोमा सवार १६ जना घाइते भएका हुन्।
ट्याङ्कर चालक मकवानपुर राक्सिराङ गाउँपाकिलाका–१ का २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।
घाइतेहरूको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ ०७:१८