News Griha :: न्यूजगृह

काठमाडौं— काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै एउटा मोटरसाइकल खोलामा खस्दा चालक बेपत्ता भएका छन्।

शुक्रबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका–१५ वनस्थलीस्थित बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकल र चालकलाई खोलाले बगाउँदा चालक बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार बाइकलाई खोलाबाट निकालिएको छ भने चालक अझै बेपत्ता छन्। चालकको खोजी कार्य भइरहेको उनले बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १९:४७
Weather Update