News Griha :: न्यूजगृह
ललितपुरको हात्तीवनमा बस खाल्डोमा पस्यो

काठमाडौं—  ललितपुरको हात्तीवनस्थित सडकमा बस भासिएको छ ।

बा २ ख ६८४८ बसको पछाडिको भाग सडकमा परेको खाल्डोमा छिरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी तथा प्रवक्ता नरहरि रेग्मीका अनुसार बसको पछाडिको भाग खाल्डोमा परे पनि कुनै मानवीय क्षति भने भएको छैन ।

शुक्रबारदेखि निरन्तर परेको वर्षाका कारण सडकमा भ्वाङ पर्दा बसको पछाडिको भाग खाल्डोमा परेको हो । ललितपुरमा मात्रै बाढी पहिरोका कारण अहिलेसम्म १८ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता छन् ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १६:२९
Weather Update