काठमाडौं उपत्यकाका नदीहरुको जलसतह बढ्यो, रात्रिकालीन यात्रा नगर्न आग्रह

काठमाडौं— लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीहरूमा पानीको सतह बढेको छ।
कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा पानीको सतह बढेर नदी आसपासको क्षेत्र डुबानमा परेको छ।
खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार अझै पानी पर्ने भएकाले नदीको सतह अझ बढ्ने सम्भावना छ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ २०:३४