News Griha :: न्यूजगृह
बागमतीले पार गर्‍यो खतराको तह

काठमाडौं— बागमती नदीले खतराको तह पार गरेको छ।

शुक्रबार बागमती नदीस्थित खोकनामा रहेको जलमापन केन्द्रमा ४ मिटरको खतरा तह पार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

साँझ ७ बजेर ३५ मिनेटमा ४ मिटरको खतरा तह पार गरेर ५.०८ मिटर पुगेको प्राधिकरणले जानकारी गराएको छ। 

तल्लो तटीय क्षेत्रका सबैलाई सतर्क रहन पनि प्राधिकरणले आग्रह गरेको छ। शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। 

विभिन्न राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध बनेका छन् भने रात्रिकालीन सवारी अनुगमन पनि चलाउन रोक लगाइएको छ। 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २०:००
Weather Update