सरकारको न्यूनत साझा कार्यक्रममा गठबन्धनमा सहमति [भिडिओ]बिहीबार, चैत २३, २०७९

उम्मेदवारलाई ओलीको आग्रह: गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्नुहोस् बिहीबार, चैत २३, २०७९ बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न उनले आग्रह गरेका हुन् ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु बिहीबार, चैत २३, २०७९ यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो । नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँदैछ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै आयोग बिहीबार, चैत २३, २०७९ आगामी वैशाख १० गते तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिंदै छ । चुनाव चिह्न वितरण पनि आज बिहीबार गर्ने निर्वाचन आयोगको तयारी छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा सत्ता गठबन्धन बिहीबार, चैत २३, २०७९ सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम बिहीबार सार्वजनिक गर्ने तयारी गरेकाे छ ।मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएअनुसार आवश्यक परिमार्जन गरेर आज बिहीबार सार्वजनिक गर्न लागिएको हो ।

बिहीबार प्रतिनिधि सभाको बैठक बस्दै बिहीबार, चैत २३, २०७९ प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रियगान सच्याउन एमाले अध्यक्ष ओलीको आग्रह बुधबार, चैत २२, २०७९ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगान सच्याउन आग्रह गरेका छन् । उनले राष्ट्रियगानको सुरुको धुन हटाउनुपर्ने बताएका छन् ।

कोशी प्रदेश नामकरणबारे माओवादी भन्छ– पार्टीबाट कमजोरी भयो, हामी पहिचानकै पक्षमा छौं बुधबार, चैत २२, २०७९ नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ ।

यो सरकार पाँचै वर्ष चल्छ : माधव नेपाल बुधबार, चैत २२, २०७९ सम्पादकसँगको नियमित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विद्यमान सरकारले पाँच वर्ष निरन्तरता पाई मुलुकमा राजनीतिक स्थायित्व कायम हुने धारणा व्यक्त गरे ।

रविविरुद्धका तीन उजुरी खारेज, एउटा उजुरीमा सात दिने स्पष्टीकरण बुधबार, चैत २२, २०७९ लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुनः नागरिकता प्राप्ति गरेको भन्दै युवराज पौडेलले उजुरी दिएका थिए ।

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक सुरु बुधबार, चैत २२, २०७९ बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी नेताहरूले बताएका छन् ।

रवि लामिछानेको मुद्दामा कारण देखाऊ आदेश, अन्तरिम आदेश दिन अस्वीकार बुधबार, चैत २२, २०७९ युवराज पौडेलले दायर गरेको रिटमाथि बुधबार सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

बस्नेत र साउदलाई मन्त्री बनाउने कांग्रेसको निर्णय बुधबार, चैत २२, २०७९ नेपाली कांग्रेसले सरकारमा पठाउन बाँकी ४ मन्त्री मध्ये २ जनाको नाम टुंगो लगाएको छ ।


![सरकारको न्यूनत साझा कार्यक्रममा गठबन्धनमा सहमति [भिडिओ]](https://newsgriha.com/uploads/posts/600X450/2431680764103.jpg)






