न्यूनतम साझा कार्यक्रम
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं— सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।
यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो । तर राष्ट्रपति निर्वाचनको मनोनयनपछि नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँदैछ ।
सरकारले न्यूनतम साझा कार्यक्रम बिहीबार साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिक गर्नुअघि गठबन्धन दलका नेताहरूले त्यसलाई पूर्णता दिन लागेका हुन् ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९ १०:४७













