News Griha :: न्यूजगृह
बिहीबार प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं— प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची छ । 

बिहीबारको बैठकमा सभामुखले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

parlment1680740433.jpg

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०६:०३
Weather Update