News Griha :: न्यूजगृह
राष्ट्रियगान सच्याउन एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौं— नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगान सच्याउन आग्रह गरेका छन् । उनले राष्ट्रियगानको सुरुको धुन हटाउनुपर्ने बताएका छन् ।

अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासंघको प्रथम महाधिवेशनको बुधबार वीरगञ्जमा उद्घाटन कार्यक्रममा उनले राष्ट्रियगानअघि सुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताए ।

‘राष्ट्रियगानको सुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य शब्दकै धुनबाट हुनपर्छ’, पूर्वप्रधानमन्त्री ओलीले भने,‘तर अहिलेको हाम्रो राष्ट्रियगानमा शब्द सुरु हुनुअघि धुन राखिएको छ, त्यो ठीक छैन, त्यसलाई सच्याएर शब्दको धुनबाट सुरु गर्नुपर्छ, त्यो सच्याउन सरकारसँग आग्रह गर्दछु ।’

सामाजिक कुरीति र विकृति हटाउन सामाजिक अभियान चलाउनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायका लागि ओबिसी महासंघको अगुवाइमा हुने सामाजिक अभियानमा आफ्नो पार्टीको भरपुर सहयोग रहने बताए ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १८:३४
Weather Update