News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा सत्ता गठबन्धन

काठमाडौं— सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम बिहीबार सार्वजनिक गर्ने तयारी गरेकाे छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएअनुसार आवश्यक परिमार्जन गरेर आज बिहीबार सार्वजनिक गर्न लागिएको हो ।

बिहीबार बस्ने गठबन्धनको बैठकले अनुमोदन गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ । कार्यदलले तयार पारेकाे नीति तथा कार्यक्रममा ९ वटा विषयलाई प्राथमिकतामा राखिएकाे छ ।

नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका नेता विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।

तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०६:५२
Weather Update