उम्मेदवारलाई ओलीको आग्रह: गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्नुहोस्

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० वैशाखमा हुने उपनिर्वाचनका लागि एजेन्डामा आधारित भई बहस गर्न आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न उनले आग्रह गरेका हुन् ।
‘उपनिर्वाचमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ । धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु’, अध्यक्ष ओलीले फेसबुकमार्फत भनेका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९ १२:३३













