उपनिर्वाचन
उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै आयोग

काठमाडौं— आगामी वैशाख १० गते तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिंदै छ । चुनाव चिह्न वितरण पनि आज बिहीबार गर्ने तयारी निर्वाचन आयोगको छ ।
आयोगका अनुसार बिहीबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ । त्यसपछि मात्र उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।
अन्तिम नामावली प्रकाशित भएपछि चुनाव चिह्न दिइने आयोगले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९ ०७:११













