आज विदेशी मुद्राको नेपाली मूल्य कति ? [सूचीसहित]मंगलबार, चैत २०, २०८०
वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि १३ महिलासहित ६३ आरोहीले लिए अनुमति, १० करोड ५५ लाख राजस्व सङ्कलन सोमबार, चैत १९, २०८० वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सोमबारसम्म ५ समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन्।विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र एक...
शेयर बजारमा ६.२६ अंकको गिरावट, कारोबार रकम अझ घट्यो सोमबार, चैत १९, २०८० साताको दोस्रो दिन शेयर बजार परिसूचक घट्ने क्रम रोकिएन। परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। सोमबार ६.२६ अंकले घट्दै परिसूचक २०१२.०७ विन्दुमा रह्यो। यसअघि आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा थियो। १३ मध्ये होटल तथा पर्यटक र व्यापार बाहेकका सबै उपसमूह घटेका छन्। सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह छ। आइतबार...
नेपाल आउने पर्यटक २८ दशमलव नौ प्रतिशतले बढे सोमबार, चैत १९, २०८० यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन्। नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो। गत वर्षको मार्चमा कुल ९९ हजा्र चार सय २६ विदेशी पर्यटक...
आज पनि प्रतितोला १ हजार ६०० ले बढ्यो सुन सोमबार, चैत १९, २०८० स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने प्रतितोला एक लाख ३१ हजार छ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुन आइतबार एक लाख...
आज कुन देशको मुद्राको नेपाली मूल्य कति ? सोमबार, चैत १९, २०८० आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा कायम छ। युरोको मूल्यमा भने फेरबदल छ। यूरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ। आइतबार युरो एकको खरिद दर १४३ रुपैयाँ ६६...
नक्कली बिल र स्टिकरविरुद्ध 'एक्सन' लिन प्रधानमन्त्रीको निर्देशन आइतबार, चैत १८, २०८० उनले भने, ‘सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको छ। मुलुकको समृद्धिको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनै पर्छ। जनतामा पैदा गरिएको निराशालाई चिर्नु पर्दछ। यसका लागि विगतका परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन। नयाँ सोच सहित अगाडि बढौँ।’
शेयर बजारमा दोहोरो अंकको गिरावट, १७.३० अंकले घट्यो परिसूचक आइतबार, चैत १८, २०८० साताको पहिलो दिन शेयर बजार परिसूचक घटेको छ।आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा रह्यो। १३ मध्ये निर्जीवन बीमा बाहेक सबै परिसूचक घट्दा शेयर सूचकमा असर परेको हो।सर्वाधिक गिरावट उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीको शेयर छ। आज १७२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६३ को मात्रै बढोत्तरी...
के गर्छ महालेखा परीक्षकको कार्यालयले ? आइतबार, चैत १८, २०८० महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणको माध्यमबाट मुलुकको सार्वजनिक स्रोत, साधनको संरक्षण गर्ने साथै सरकारी आम्दानी र खर्च लगायत सरकारका कार्यहरुको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको आधारमा लेखापरीक्षण गर्ने गर्दछ। सार्वजनिक निकायको सेवा प्रवाह, आर्थिक क्रियाकलापमा पारदर्शिता र जवाफदेहिता प्रवर्धन तथा असल अभ्यासको स्थापनामा महालेखापरीक्षकको महत्वपूर्ण भूमिका रहेको हुन्छ। महालेखापरीक्षकबाट...
महालेखा परीक्षकमा तोयम राया सिफारिस आइतबार, चैत १८, २०८० महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरिएको छ। महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल गर्न आज भएको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि सिफारिस गरेको हो।
भन्सारमा सवारी थन्किने क्रम बढ्यो, वीरगञ्जमा मात्र १ हजार २०० सय सवारी आइतबार, चैत १८, २०८० कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन्। भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँचपास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो।
लगानी व्यवस्थापनबारे कार्यक्रम सम्पन्न आइतबार, चैत १८, २०८० नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससँगको समन्वयमा लगानी व्यवस्थापन सम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न गरेको छ। १८ मार्चदेखि २४ मार्चसम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’का अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो।
विदेशी मुद्राको नेपाली मूल्य आज कति ? आइतबार, चैत १८, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ। त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसामा कारोबार हुनेछ।