सोमबार अमेरिकी डलर स्थिर, पाउण्डको भाउ बढ्यो [सूचीसहित]सोमबार, चैत २६, २०८०
२२.७५ अङ्कले बढ्यो नेप्से परिसूचक, चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट आइतबार, चैत २५, २०८० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ। परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ।आज विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता शेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री हुँदा चार अर्ब...
सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन बढ्यो २ हजार ९ सयले आइतबार, चैत २५, २०८० स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार छ सय कायम भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको...
विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? [हेर्नुहोस् सूची] आइतबार, चैत २५, २०८० आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ।...
घट्यो डलर, पाउण्ड र युरोको विनिमय दर शनिबार, चैत २४, २०८० जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८ पैसा रहेको छ। हिजो डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको थियो। बिहीबार भने डलरको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३...
बुद्ध एअरका अध्यक्षले सुरु गरे चामलको व्यापार शुक्रबार, चैत २३, २०८० आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्रीवितरण शुरू गरेको छ। यसलाई एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल नाम दिइएको छ। मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा यस चामलको औपचारिक बिक्री शुरूवात घोषणा गरेका हुन्। बस्नेत बुद्ध एअरका प्रबन्ध निर्देशक हुन्।
नयाँ वर्षमा सामसङको अफर : टीभी, फ्रिज र वासिङ मेसिनमा ३० देखि ३८ प्रतिशतसम्म छुट शुक्रबार, चैत २३, २०८० सामसङले नयाँ वर्ष–२०८१ को अवसरमा ‘स्वागत नयाँ वर्षलाई, बढौँ खुसी सधैँलाई’ नामक योजना सार्वजनिक गरेको छ। यसअफर अन्तर्गत ग्राहकले आफूलाई मन परेको टीभी खरिद गर्दा ३८ प्रतिशतसम्म र फ्रिजर तथा वासिङ मेसिन खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत...
१३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? शुक्रबार, चैत २३, २०८० शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक हजार रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार तीन सय रुपैयाँ घटेको हो। बिहीबार सुनको भाउ प्रतितोला एक लाख ३४ हजार रुपैयाँ पुगेको थियो। यो मूल्य हालसम्मकै उच्च विन्दु हो।
वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर शुक्रबार, चैत २३, २०८० वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ। वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको छ। आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन हुनेछ। अहिले सजावटदेखि स्टल बुकिङ...
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित] शुक्रबार, चैत २३, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो...
पहाडीक्षेत्रमा धेरै मूल्यवृद्धि, काठमाडौंमा कति? बिहीबार, चैत २२, २०८० समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८ दशमलव १७ प्रतिशत, तरकारीको १४ दशमलव शून्य सात प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव २२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको सात दशमलव ११ प्रतिशतले बढेको छ भने घ्यू...
विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड बिहीबार, चैत २२, २०८० गत फागुन मसान्तसम्म मुलुकभित्र कूल रु १८ खर्ब ७२ अर्ब ८२ करोड बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर कूल विदेशी विनिमय सञ्चिति रहेको थियो। गत फागुन मसान्तमा आइपुग्दा उक्त सञ्चिति २१ दशमलव सात प्रतिशतले वृद्धि...
शोधनान्तर स्थिति तीन खर्ब २७ अर्बले बचतमा बिहीबार, चैत २२, २०८० मुलुकबाट बाहिरिने भन्दा भित्रने मुद्राको मात्रामा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवका आठ महिनाको विवरणअनुसार यस अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको छ।अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४२ अर्बले बचतमा रहेको थियो। अमेरिकी...