News Griha :: न्यूजगृह
६३५ मेगावाटको दूधकोशी आयोजना निर्माणको तयारी, २० हजार रोपनी जग्गा डुबानमा पर्ने 
६३५ मेगावाटको दूधकोशी आयोजना निर्माणको तयारी, २० हजार रोपनी जग्गा डुबानमा पर्ने  खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ। त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ। अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, दुवै मन्त्रालयका सचिव, अन्य सम्बद्ध निकायका पदाधिकारी  तथा नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका  निर्देशक फारिस हदाद...
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी गत फागुनमा केन्द्रीय दुग्ध सहकारी सङ्घ र नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत दुग्ध विकास संस्थान तथा निजी डेरीबीच भएको सम्झौताअनुसार चैत २१ गतेसम्म पुस मसान्तसम्मको दूधको भुक्तानी गर्ने सहमति भएको थियो। तर सो समयमा सम्झौताअनुसार भुक्तानी नभएको भन्दै सङ्घले आन्दोलन गर्ने चेतावनी दिएको हो।
नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने एडीबीको प्रक्षेपण
नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने एडीबीको प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो।बैंकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ एसियाली विकास परिदृष्य–...
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।यस आधारमा छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेको छ। 
नेपालमा कति छन् हेलिकप्टर?
नेपालमा कति छन् हेलिकप्टर? नेपालमा अहिले श्री एअरलाइन्स, सिम्रिक एअर, फिस्टेल एयर, अल्टिच्युड एअर, मनाङ एअर, मुस्ताङ हेलिकप्टर, एअर डाइनेस्टी, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, अन्नपूर्ण हेलिकप्टर, एली एभरेष्ट र कैलाश हेलिकप्टरले सेवा दिइरहेका छन्। वसन्त ऋतु हेलिकप्टरको मुख्य सिजन पनि हो। वसन्त ऋतुको यो याममा पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आँउछन्। उनीहरु...
मकवानपुरमा धुलो दूधको परीक्षण उत्पादन सुरु, ६० जनालाई प्रत्यक्ष रोजगारीको अवसर
मकवानपुरमा धुलो दूधको परीक्षण उत्पादन सुरु, ६० जनालाई प्रत्यक्ष रोजगारीको अवसर बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौँडाले केही दिनअघिदेखि धुलो दूधको परीक्षण उत्पादन सुरु गरेको छ।बागमती प्रदेश सरकारको ५० करोड ५८ लाख रुपैयाँको लागतमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीस्थित दूधको प्लान्ट र भवनको हालै निर्माण सम्पन्न गरिएको बागमती प्रदेश कृषि विकास तथा पशुपक्षी मन्त्रालय हेटौँडाले जनाएको छ।प्रदेश दूध विकास बोर्डले नियमित...
डलरको भाउ स्थिर, युरो र पाउण्डको बढ्यो [सूचीसहित]
डलरको भाउ स्थिर, युरो र पाउण्डको बढ्यो [सूचीसहित] नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ। बुधबार डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसाले कारोबार भएको थियो।
शेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार
शेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार  शेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रह्यो। उत्पादन तथा प्रशोधनबाहेक ११ उपसूचकमा आएको गिरावटले परिसूचक घटेको हो। कारोबार रकम पनि अघिल्लो दिनका तुलनामा ६६ करोडले घटेको छ । आज ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच हुँदा रकम ३ अर्ब...
सुनचाँदीको मूल्य बढ्नेक्रम जारी, कतिमा भइरहेको छ किनबेच?
सुनचाँदीको मूल्य बढ्नेक्रम जारी, कतिमा भइरहेको छ किनबेच? नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्नेक्रम रोकिएको छैन।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ। यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ।
१०० रुपैयाँले बढ्यो सुनको मूल्य
१०० रुपैयाँले बढ्यो सुनको मूल्य नेपाली बजारमा सुनको भाउले लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड कायम राख्न सफल भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ।
विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री?
विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री? जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ। 
रोकिएन सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाउने क्रम
रोकिएन सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाउने क्रम नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज...
Weather Update