News Griha :: न्यूजगृह
शेयर बजारमा झिनो अंकको सुधार

काठमाडौं— साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक झिनो अंकले बढेको छ। बिहीबार ०.७९ अंकले बढ्दै नेप्से २०१८.७६ बिन्दुमा रह्यो । 

८२ लाख ८२ हजार ५५६ कित्ता शेयर ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ। 

यसअघि बुधबार नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ बिन्दुमा रहँदा ८४ लाख ९० हजार ७२२ कित्ता शेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको थियो। 

आज बजारलाई लघुवित्त उपसमूहले थामेको हो। लघुवित्त उपसमूह एक्लै ३.८० प्रतिशतले बढ्दा लगानीकर्ता फाइदामा रहे। १३ उपसमूहमा लघुवित्त र अन्यबाहेक सबै घटेका छन् । फाइनान्स उपसमूह सर्वाधिक १.४५ प्रतिशतले घटेको छ।    

१०३ कम्पनीको शेयर मूल्य बढ्दा १३९ कम्पनीको घटेको छ। ३ कम्पनीको शेयरमूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुनेमा सीइबीडी हाइड्रोपावर छ। उक्त कम्पनीको ४३ करोड ९० लाख रुपैयाको शेयर कारोबार भएको छ। यस्तै पोखरा फाइनान्सको ११ करोड ८७ लाख, पिपुल्स पावरको ७ करोड ७२ लाख, हिमालयन लघुवित्तको ७ करोड २८ लाख र जीवन विकास लघुवित्तको ७ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ।  

शेयर मूल्य बढेका शीर्ष पाँच कम्पनीमध्ये चारवटा लघुवित्त छन्। हिमालयन लघुवित्त, जाल्पा, सृजनशील लघुवित्तको शेयरमूल्य बढेर सर्किट नै लागेको छ। स्वाभिमान लघुवित्तको पनि बढोत्तरी सर्किटस्तरको छ। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १६:२८
Weather Update