News Griha :: न्यूजगृह
आज के भयो सुनचाँदीको मूल्य?

काठमाडौं— बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार ४ सय रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ। 

Prabhu Bank

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य १ लाख ३५ हजार ७ सय ५० रहेको छ।

महासंघका अनुसार मंगलबार १ हजार ६ सय ७५ रहेको चाँदीको मूल्य आज पनि त्यही कायम भइ कारोबार भइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:०६
Weather Update