दोहोरो अंकले बढ्यो शेयर बजारः साढे ६ अर्बको कारोबारबिहीबार, असार २०, २०८१
एकैदिन प्रतितोला १६ सय रूपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच? बिहीबार, असार २०, २०८१ बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो बिहीबार, असार २०, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, दिनार, पाउन्ड, अस्ट्रेलियन डलर, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
सामान्य अंकले बढ्यो नेप्से परिसूचक बुधबार, असार १९, २०८१ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक तीन दशमलव ७९ अंकले बढेर दुई हजार एक सय चार दशमलव २२ को अंकमा कायम भएको हो।
सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति पुग्यो ? बुधबार, असार १९, २०८१ बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ४ सयले बढेर १ लाख ४२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
दिनार र अमेरिकी डलरको मूल्य बढ्यो, युरो र अस्ट्रेलियन डलरको घट्यो बुधबार, असार १९, २०८१ नेपाल राष्ट्र बैंकले बुधबार का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, दिनार, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर अस्ट्रेलियन डलर, युरोसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।
राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत मंगलबार, असार १८, २०८१ राष्ट्रियसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
राजनीतिक फेरबदलको असर शेयर बजारमाः नेप्से परिसूचकमा ४७ अंकको वृद्धि मंगलबार, असार १८, २०८१ साताको तेस्रो कारोबार दिन तीव्र उतारचढावकाबीच शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अंकले बढेको छ। आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो।
शिक्षण पेसा छाडेर बाख्रापालनमा लागेका राईको वार्षिक ६ लाख आम्दानी मंगलबार, असार १८, २०८१ शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन्। उनले व्यावसायिक बाख्रापालनबाट वार्षिक पाँच लाखदेखि छ लाखसम्म आम्दानी गर्दै आएका हुन्।
सुनचाँदीको मूल्य बढ्यो मंगलबार, असार १८, २०८१ आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ। मङ्गलबार सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ।
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित सोमबार, असार १७, २०८१ प्रतिनिधिसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित गरिएको हो।सरकारले गत वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गरेको थियो।
लयमा फर्कँदै ठमेल र दरबारमार्गका व्यवसाय सोमबार, असार १७, २०८१ ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गरिएसँगै त्यस क्षेत्रको अर्थतन्त्र चलायमान भएको छ। ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग पर्यटन बोर्डको संयुक्त आयोजनामा नयाँ वर्ष २०८१ का दिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग २४सै घण्टा खुला रहने घोषणा गरिएको थियो।
अर्थमन्त्री पुनको स्पष्टोक्तीः हामी ऋणको पासोमा पर्दैनौँ सोमबार, असार १७, २०८१ अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा मुलुकको सार्वजनिक ऋणको अवस्था सुविधाजनक रहेको र देश ऋणको पासोमा पर्ने कुनै गुञ्जायस नरहेको स्पष्ट पारेका छन्।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले देशले लिएको ऋणको लागतसमेत कम रहेको बताए।