News Griha :: न्यूजगृह
नेप्से परिसूचक ३० महिना यताकै उच्च विन्दुमा

काठमाडौं— शेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार नै तोडिएको छ। यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो।

कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा कायम भएको छ। यो अंक ३० महिना (२०७८ माघ)यताकै उच्च हो।

कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रह्यो।

अधिकांश क्षेत्रका सूचक बढेका छन्। बैंकिङ २।९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १.०० तथा ब्यापार समूह ४।१३ प्रतिशत बढेका छन्। लगानी ०.१९ र उत्पादन समूहको सूचक भने १.१९ प्रतिशत घटे। 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १५:१४
Weather Update