लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ताबुधबार, भदौ ५, २०८१

मेची भन्सारको राजस्व वृद्धि मंगलबार, भदौ ४, २०८१ गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो। मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा रु एक अर्ब ११ करोड ३२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो।

वीरगञ्ज भन्सारद्वारा पहिलो महिनामै १२ अर्ब १६ करोड राजस्व सङ्कलन मंगलबार, भदौ ४, २०८१ प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ।

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर मंगलबार, भदौ ४, २०८१ मङ्गलबार सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि सोमबार सुनको मूल्य अहिलेसम्मकै बढी कायम हुँदै तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँ रहेको थियो।

सुनको मूल्य घट्यो, चाँदीको स्थिर सोमबार, भदौ ३, २०८१ सोमबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि आइतबार सुनको मूल्य अहिलेसम्मकै बढी कायम हुँदै तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ थियो ।

औसत मूल्यवृद्धि ५.४४ प्रतिशत आइतबार, भदौ २, २०८१ अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो। तर, गत असारमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ३.५७ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ। २०८० असार महिनामा यस्तो मूल्य वृद्धिदर ७.४४ प्रतिशत थियो।

३४.४७ अंकले घटेर २९६६ विन्दुमा ओर्लियो शेयर बजार आइतबार, भदौ २, २०८१ साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ अंक घटेको छ। अघिल्लो दिन ३ हजार अङ्कमा रहेको बजार आइतबार भने २९६६ मा रहेर बन्द भयो।

अध्ययन र भ्रमणमा विदेशियो पौने २ खर्ब आइतबार, भदौ २, २०८१ नेपालबाट अध्ययन र भ्रमणमा जाने नेपालीसँगै पौने २ खर्ब रुपैयाँ विदेशिएको छ।नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ भ्रमण व्यय देखिन्छ। जसमा शिक्षा र भ्रमण दुवैका लागि विदेशिएको रकम जोडिन्छ।

एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो आइतबार, भदौ २, २०८१ उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १ सय ३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १ सय ९९ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७ सय ४...

सुनको मूल्य अहिलेसम्मकै उच्च आइतबार, भदौ २, २०८१ अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ५०८ दशमलव १८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलरमा कारोबार भइरहेको छ।

आज कुन विदेशी मुद्राको मूल्य कति? आइतबार, भदौ २, २०८१ नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरै विदेशी मुद्रा किनबेच हुने छ।

साउनमा बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर शनिबार, भदौ १, २०८१ महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ बराबर राजस्व उठेको हो। चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत बराबर हो।

आज सुनचाँदीको मूल्य कति पुग्यो ? शुक्रबार, साउन ३२, २०८१ शुक्रबार सुन तोलाको ९ सयले घटेर तोलाको एक लाख ४९ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५ सय पुगेको थियो।