News Griha :: न्यूजगृह
औसत मूल्यवृद्धि ५‍‍‍‍.४४ प्रतिशत

काठमाडौं— आर्थिक वर्ष २०८०–८१ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ५.४४ प्रतिशत रहेको छ।

अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो। तर, गत असारमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ३.५७ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ। २०८० असार महिनामा यस्तो मूल्य वृद्धिदर ७.४४ प्रतिशत थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०–८१ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४०, दाल तथा गेडागुडीको ९.९६, चिनी तथा चिनीजन्य वस्तुको ९.८७, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ र तरकारीहरूको ८.२९ प्रतिशतले बढेको छ। सोही अवधिमा घ्यू तथा तेल उपसमूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको मूल्यवृद्धि ११.३८, मनोरञ्जन तथा संस्कृतिको १०.९६, शिक्षाको ७.७३, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७५ र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। तर, सोही अवधिमा यातायात उपसमूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको जनाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:२५
Weather Update