डल्ले च्याउको भाउ एक दिनमै ५६ रुपैयाँ बढ्यो, अरु तरकारीकाे मूल्य कति?बुधबार, असार २६, २०८१
सबै विदेशी मुद्राको मूल्य घट्यो, हेर्नुहोस् सूची बुधबार, असार २६, २०८१ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेत दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
प्राधिकरणले काटिदियो बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ, घोराही र अर्घाखाँची सिमेन्टको बिजुली बुधबार, असार २६, २०८१ नेपाल विद्युत् प्राधिकरणले तीनवटा उद्योगको बिजुली काटिदिएको छ।
बीवाईडी नेपाल बिक्रेता साइमेक्सले ५४ करोड कर छलेको आशंका, अनुसन्धान सुरु मंगलबार, असार २५, २०८१ साइमेक्सले चीनमा बनेको अटो-३ को १५० किलोवाटको सवारीसाधनको भन्सार शुल्क आर्थिक ऐन २०८० अनुसार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत गरी ४० प्रतिशत तिर्नुपर्नेमा १०० किलोवाटको १५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तःशुल्क तिरेर भन्सार छलेको आशंका विभागले गरेको छ।
अघिल्लो वर्ष भन्दा चालु आवमा बजेट खर्च गर्नमा कर्णाली प्रदेश झन कमजोर मंगलबार, असार २५, २०८१ कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०–०८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ। चालु आवमा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको थियो।
काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट पारित मंगलबार, असार २५, २०८१ आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि काठमाडौं महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको काठमाडौं महानगरको नगरसभाको १५औँ अधिवेशनअन्तर्गत ५औँ बैठकले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो।महानगरको पहिलो बैठकमा पेस भई दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव...
शेयर बजारः दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट मंगलबार, असार २५, २०८१ साताको तेस्रो कारोबार दिन शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ। आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ।
विद्युत् खरिदबिक्री सम्झौता गर्न बङ्गलादेशले नेपाललाई बोलायो मंगलबार, असार २५, २०८१ बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी) ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ।बीपीडीबीले वर्षायामको छ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत् बिक्री सम्झौताका लागि पत्राचार गरेको प्राधिकरणले जनाएको छ।
दोस्रो दिन पनि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? मंगलबार, असार २५, २०८१ नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्य घटेको छ। अघिल्लो दिन चार सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला नौ सय रुपैयाँले घटेको हो।
मोरङमा चैते धान उत्पादनमा वृद्धि सोमबार, असार २४, २०८१ मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यस वर्ष पाँच हजार पाँच सय ६० मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कस्तो मौद्रिक नीति ल्याउँदैछ राष्ट्र बैंक? सोमबार, असार २४, २०८१ मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
धौवादी क्षेत्रबाट फलाम उत्खनन् गरिने सोमबार, असार २४, २०८१ हाल भइरहेको फलाम आयात घटाउन सरकारले मुलुकमै फलाम उत्खनन गर्ने भएको छ।खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा अध्ययन गर्दा फलाम रहेको तथ्य फेला परेपछि उत्खनन गर्ने भएको हो।अध्ययनका क्रममा धौवादीको १० किलोमिटर क्षेत्रमा ठूलो परिमाणमा फलाम...
के भयो आज शेयर बजार? सोमबार, असार २४, २०८१ शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ को अङ्कमा कायम भएको हो।