घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?
काठमाडौं— साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१ ११:०८