सुनको मूल्य प्रतितोला १,५२,४०० रुपैयाँ पुग्यो
काठमाडौं— आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार सुनको मूल्य १ लाख ५१ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१ ११:००