नेप्सेमा १११ अङ्कको गिरावट, १८ अर्बको कारोबार
काठमाडौं— नेप्सेमा आज ठुलो गिरावट आएको छ। मङ्गलबार नेप्से १११.९६ अङ्कले घटेर २७८२.६० विन्दुमा पुगेको छ।
मङ्गलबार ३३० कम्पनीको कूल ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर २ लाख ३४ हजार ३६० पटक कारोबार हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० मूल्यमा खरिद बिक्री भएका छन्।
त्यस्तै आज तारागाउँ रिजेन्सी होटल र डोल्टी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै आज नेपाल फाइनान्स लिमिटेडको शेयरमा नकारात्मक सर्किट लागेको छ।
त्यस्तै, आज कारोबारको हिसाबले सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको ६५ करोड ४२ लाख ९ हजार ५८२ को रकम बराबरीको खरिद बिक्री भएको छ भने आज अपिको सबैभन्दा बढी १४ लाख ५९ हजार ४५० कित्ता शेयर कारोबार भएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ १५:१५