News Griha :: न्यूजगृह
दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि
दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ। निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन्।ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन्।
सुनको मूल्यले बनायो नयाँ रेकर्ड 
सुनको मूल्यले बनायो नयाँ रेकर्ड  नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यसअघि शुक्रबार बनाएको कीर्तिमानी तोड्दै आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। 
नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित
नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१–८२ को बजेट पारित भएको छ। नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) सर्वसम्मत  पारित गरेको हो। 
 ५२ दशमलव ९७ अंकले बढ्यो शेयर बजार 
 ५२ दशमलव ९७ अंकले बढ्यो शेयर बजार  यो साता कारोबारको पहिलो दिन शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को बिन्दुमा कायम भएको छ। आज तीन सय नौ कम्पनीको दुई करोड २० लाख...
मौद्रिक नीतिः यस्ता छन् राष्ट्र बैंकलाई तीन निजी क्षेत्रको सुझाव
मौद्रिक नीतिः यस्ता छन् राष्ट्र बैंकलाई तीन निजी क्षेत्रको सुझाव नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ। साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने तयारीमा राष्ट्र बैङ्क लागिरहँदा निजी क्षेत्रका छाता संस्थाहरुले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विभिन्न सुझाव दिइसकेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाहरुले मौद्रिक...
भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति
भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएको उद्योग विभागले जनाएको छ। 
बाढीपहिरो असरः धनगढीमा ह्वात्तै बढ्यो तरकारीको भाउ
बाढीपहिरो असरः धनगढीमा ह्वात्तै बढ्यो तरकारीको भाउ धनगढीमा अहिले तरकारीको मूल्य निकै बढेको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको धनगढीमा छिमेकी राष्ट्र भारतका विभिन्न शहरबाट तरकारी आयात हुने गरेको छ। भारतको पलियास्थित वङ्शीनगरमा केही दिनदेखि वर्षाका कारण बाटो अवरुद्ध भई आयात रोकिएपछि धनगढीमा हिजोआज तरकारीको मूल्य निकै बढेको स्थानीय तरकारी व्यवसायी चन्दु चौधरीले जानकारी दिए। 
पाडी, बाच्छी हुर्काउन कास्कीका किसानलाई ८५ लाख अनुदान
पाडी, बाच्छी हुर्काउन कास्कीका किसानलाई ८५ लाख अनुदान गण्डकी प्रदेश सरकारले किसानलाई पाडी,बाच्छी हुर्काउन नगद अनुदान दिएको छ। कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा पाडी,बाच्छी हुर्काउन किसानलाई ८४ लाख ९९ हजार आठ सय सात अनुदान प्रदान गरेको हो। 
शुक्रबार नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज के भयो? 
शुक्रबार नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज के भयो?  साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको थियो।यसअघि गत शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४६ हजार ७ सय कायम भइ कारोबार भएको थियो। जुन हालसम्मकै उच्च मूल्य रहेको थियो। 
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेत दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य यथावत छ। 
शनिबार अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो [सूचीसहित]
शनिबार अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो [सूचीसहित] नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्दा युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  
Weather Update