दूध किसानले पाएनन् ७४ करोड भुक्तानीशनिबार, भदौ २९, २०८१

अमेरिकी डलरको मूल्य घट्यो, युरोको बढ्यो शनिबार, भदौ २९, २०८१ नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छ भने युरो र र युके पाउन्ड सटर्लिङको मूल्य बढेको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ शुक्रबार, भदौ २८, २०८१ शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो। यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो।यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ...

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त शुक्रबार, भदौ २८, २०८१ लगानी बोर्डको सीईओ पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए। त्यसमध्येबाट ३ जनाको नाम बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

अमेरिकी डलर र युरोको मूल्य घट्यो शुक्रबार, भदौ २८, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ।

नेप्से ७८ अंकले बढ्यो बिहीबार, भदौ २७, २०८१ लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ७८ दशमलव १७ अंकले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो।

तोलामा एक सयले घट्यो सुनको मूल्य बिहीबार, भदौ २७, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ।

युरो बढ्यो, पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य घट्यो बिहीबार, भदौ २७, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सटही दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ। नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ।

२६१० विन्दुमा झर्यो नेप्से, कारोबार रकम ६ अर्ब ८५ करोडमा सीमित बुधबार, भदौ २६, २०८१ आज नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकममा पनि गिरावट आएको छ।मंगलबार सात अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन छ अर्ब ८५ करोडको कारोबार भएको छ।

दसैँका लागि असोज १३ देखि सुकिला नोट साट्न पाइने बुधबार, भदौ २६, २०८१ दसैँका लागि असोज १३ देखि सुकिला नोट साट्न पाइने भएको छ।असोज १३ देखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।

सुनको मूल्य अहिलेसम्मकै उच्च बुधबार, भदौ २६, २०८१ आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने मंगलबार, भदौ २५, २०८१ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्र पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एसिया निर्देशक इमाद फाखौरीले आईएफसी नेपालमा लगानी विस्तार गर्न तयार रहेको बताएका हुन्।

नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार मंगलबार, भदौ २५, २०८१ नेप्सेमा आज १३ अङ्कको गिरावट आएको छ । मंगलबार नेप्सेमा १३.०९ अङ्कको गिरावट आउँदा २६३२.९४ विन्दुमा रोकिएको छ।आज ३२८ कम्पनीको कारोबार हुँदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ को खरिद बिक्री भएको छ।