२६१० विन्दुमा झर्यो नेप्से, कारोबार रकम ६ अर्ब ८५ करोडमा सीमित
काठमाडौं— नेप्से बुधबार पनि घटेको छ। गत बुधबारदेखि घट्ने क्रममा रहेको बजारले आज पनि निरन्तरता पाएको हो।
आज नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकममा पनि गिरावट आएको छ।मंगलबार सात अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन छ अर्ब ८५ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३९ करोड रुपैयाँ कमी भएको हो। यसदिन ३१७ वटा धितोपत्रको एक करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयर किनबेच भएको हो।
बुधबार ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ वटाको घटेको छ। यस्तै, चार कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१ १६:१४