अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने
काठमाडौं— अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्र पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एसिया निर्देशक इमाद फाखौरीले आईएफसी नेपालमा लगानी विस्तार गर्न तयार रहेको बताएका हुन्।
आईएफसीले गत वर्ष नेपालमा एक सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो।
क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोजगारी वृद्धि र आर्थिक सहभागिता आईएफसीको प्राथमिकता हुन् भन्दै नेपालमा लगानी फराकिलो पार्न आफू प्रतिबद्ध रहेको बताए।
अर्थमन्त्रीको निजी सचिवालयका अनुसार देशको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक भएको बताउँदै अर्थमन्त्री पौडेलले देशको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका थिए।
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१ १५:४८