सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?मंगलबार, भदौ २५, २०८१

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि सोमबार, भदौ २४, २०८१ यसअघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
-1717150285.jpg)
उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने सोमबार, भदौ २४, २०८१ सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएको छ। आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित गरिएको हो।

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा आइतबार, भदौ २३, २०८१ बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनईभी) को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ।

चेक अनादर मुद्दामा दोषी ठहर भए ५ प्रतिशत जरिवानासहित २ वर्षसम्म कैद सजाय हुने आइतबार, भदौ २३, २०८१ चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्न संसदीय समितिमा सहमति जुटेको छ।प्रतिनिधिसभा अन्तर्गतको अर्थ सतिमितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलका क्रममा चेक अनादर मुद्दामा हुने जरिवाना र सजायबारे सर्वसम्मत सहमति जुटेको हो ।

पैसा धेरै भएपछि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक आइतबार, भदौ २३, २०८१ बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम थुप्रिने क्रम रोकिएको छैन । निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो । यही कारण तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले आइतबार बजारबाट एक खर्ब रुपैयाँ झिक्न लागेको छ ।

२७०१ अंकमा झर्यो शेयर बजार आइतबार, भदौ २३, २०८१ सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ। बजार दिनभर उतारचढावमा रह्यो। ८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो। बजार घट्दा कारोबार रकम केही बढेको छ। बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएकोमा आज १० अर्ब १२ करोडको भयो।

दराज नेपालले गर्यो ९.९ वार्षिकोत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर आइतबार, भदौ २३, २०८१ अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले ९.९ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ। कार्यक्रममार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भौचर सुविधा प्राप्त गर्नसक्ने दराजले जानकारी दिएको छ।

तोलामा १२ सयले घट्यो सुनको मूल्य आइतबार, भदौ २३, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको छ।

यस्तो छ आजको विनिमय दर आइतबार, भदौ २३, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा कायम भएको छ।

सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि शुक्रबार, भदौ २१, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला एक हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो बिहीबार, भदौ २०, २०८१ बिहीबार सुन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार, मङ्गलबार र बुधबार पनि सुनको मूल्य १ लाख ५२ हजार रुपैयाँ मै कारोबार भएको थियो।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, भदौ २०, २०८१ केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम छ।