News Griha :: न्यूजगृह
२७०१ अंकमा झर्‍यो शेयर बजार

काठमाडौं— साताको पहिलो दिन आइतबार शेयर बजार २५.४६ अंक घटेको छ।

सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ। बजार दिनभर उतारचढावमा रह्यो। ८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो। बजार घट्दा कारोबार रकम केही बढेको छ। बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएकोमा आज १० अर्ब १२ करोडको भयो।

माइक्रोफाइनान्स समूह १.२१ तथा उत्पादन समूह ०.५० प्रतिशत बढे । बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बीमा १.४२, निर्जीवन बीमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

सपोर्ट माइक्रोफाइनान्सको ८, उन्नति सहकार्य लघुवित्तको ७.३, गणपति लघुवित्तको ६.६ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपावरको १०, गुडविल फाइनान्सको ६.०५, दोल्ती पावरको ४.५, मातृभूमि लघुवित्तको ४.४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एचआईडीसीएल प्रमोटर, ग्रीनलाइफ हाइड्रोपावर, गुडविल फाइनान्स र एनएलजी इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १५:४८
Weather Update