News Griha :: न्यूजगृह
सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि

काठमाडौं— स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरूको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला एक हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । बिहीबार तोलामा एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ९५ रुपैयाँ निर्धारण भएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १३:३१
Weather Update